असोज ६, काठमाडौं । सिद्धार्थ इक्वीटी फण्डको खुद नाफा गत वर्ष २०७५/७६ मा उल्लेख्य रुपमा वृद्धि भएको छ । अघिल्लो आव २०७४÷७५ मा रू. २ करोड ७३ लाख ८८ हजार खुद नाफा गरेको यस फण्डले गत आवमा रू. १५ करोड ८९ लाख ५२ हजार खुद नाफा गरेको हो । अघिल्लो वर्ष रू. ८ करोड १४ लाख ७३ हजार आम्दानी गरेको यस फण्डले गत वर्ष रू. १५ करोड ४९ लाख १ हजार आम्दानी गर्न सफल भएको छ ।