ब्रोकर कमिसन घटाउने बोर्डको गृहकार्य, अध्ययन समिति गठन


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ब्रोकर कमिसन घटाउने बोर्डको गृहकार्य, अध्ययन समिति गठन

काठमाण्डौ । मुद्रा तथा पूँजीबजारको समस्याको पहिचान गरी समाधानको उपाय खोज्न अर्थमन्त्रीबाट गठित उच्चस्तरीय कार्यदलको सुझावलाई पछ्याउँदै धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने गृहकार्य थालेको छ। 

यसका लागि बोर्डले बोर्डका नीति, अनुसन्धान तथा योजना महाशाखा हेर्ने उपकार्यकारी निर्देशको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

अर्थमन्त्रीले बनाएका कार्यदलले तयार गरेको प्रतिवेदनको बुँदा नम्बर ३४ मा नेप्सेले २०७५ कात्र्तिक २० गतेदेखि संचालनमा ल्याएको स्वचालित कारोबार प्रणाली(नट्स)लाई बैंक र सिडिएससीको प्रणालीमा एकमहिनाभित्र पूर्णरुपमा आबद्ध गरी संचालनमा ल्याउने र यो व्यवस्था लागूपछि धितोपत्र व्यवसायीहरुले लिने सेवाशुल्क(ब्रोकर कमिसन)मा पुनरावलोकन गर्ने भन्ने उल्लेख भएको भन्दै यही बुँदा कार्यान्वयनका लागि अध्ययन गर्न समिति गठन गरिएको बोर्डको प्रष्टीकरण छ ।

Read More
  • MBL - below news