जनता बैंकको १२% लाभांश घोषणा, बोनस र नगद कति ?


  • ADBL
  • City Express
जनता बैंकको १२% लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं : जनता बैंकले १२% लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट  ६% बोनस सेयर र ६% नगद लाभांश दिने निर्णय गरेको हो । नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।
 
बैंकले ४८ करोड ४७ हजार १५५ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै बैंकले ४८ करोड ४७ हजार १५५ रुपैयाँनै नगद लाभांश बाँड्नेछ । हाल बैंकको चुक्ता ८ अर्ब ७ लाख ८५ हजार रुपैयाँ रहेको छ । प्रस्तावित बोनस वितरणपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ४८ करोड ८ लाख ३३ हजार रुपैयाँ पुग्नेछ ।

Read More