मेगा बैंक : कम्पनी विश्लेषण


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मेगा बैंक : कम्पनी विश्लेषण

मेगा बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ मा रू. १ अर्ब ७१ करोड ९२ लाख ६९ हजार खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्ष २०७४/७५ को तुलनामा ३० दशमलव ५० प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकको नाफा रू. १ अर्ब ३१ करोड ७३ लाख ५१ हजार थियो । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. १ अर्ब ३५ करोड ८० लाख ७६ हजार रहेको छ । बैंकको चुक्तापूँजी रू. १० अर्ब ३८ करोड ८६ लाख २१ हजार पुगेको छ भने जगेडा कोषमा रू. १ अर्ब ८४ करोड छ । प्रतिशेयर आम्दानी रू. १६ दशमलव ५५ रहेको यस बैंकको आइतवारको कारोबारमा ५ अंकले घटेर अन्तिम शेयरमूल्य रू. १९४ कायम भएको छ । बैंकले हालसम्म गत आवको लाभांश प्रस्ताव गरेको छैन । गतवर्षको नाफाको आधारमा बैंकको लाभांश क्षमता १३ दशमलव शून्य ७ प्रतिशत रहेको छ ।

कम्पनीको ६६ दिनको कारोबार अवधिको अन्तिम दिनमा ओपनिङ ब्ल्याक मारुबोजु आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने सङ्केत गर्छ । आरएसआई न्युन्ट्रल जोन ४३ दशमलव ५४ विन्दुमा छ । यसले शेयर किनबेच चाप सन्तुलनामा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४ दशलमव १७ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजीक छन् । हालको मूल्य रेखा यी दुवै रेखालाई माथिबाट काटेर तल गएको छ । आइतवारको शेयरमूल्य रू. १९४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २०१ मा प्रतिरोध पाउने र सस्तिएमा रू. १८९ मा टेवा पाउने देखिन्छ ।

Read More
  • MBL - below news