दशैंमा नयाँ नाेट वितरण बन्द गर्ने राष्ट्र बैंकको याेजना


  • KBL News Ad
  • ADBL
  • City Express
दशैंमा नयाँ नाेट वितरण बन्द गर्ने राष्ट्र बैंकको याेजना

५ भदौं, काठमाडौं । दशैेंमा नयाँ नाेट वितरण बन्द गर्ने याेजना राष्ट्र बैंकले बनाएको छ । वार्षिक करोडौं रकम खर्चिएर छापिएको नाेट दशैंमा प्रयोग गर्दा आयु छाेटाे भएको भन्दै राष्ट्र बैंकले यस्ताे तयारी गरेको हाे ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निराैलाले दशैमा नयाँ नाेट वितरण गर्दा नाेटकाे हिफाजत नहुने र नाेट बिग्रिंदा देशलाई नै ठूलाे धनराशि क्षति हुने गरेकोे भन्दै बन्द गर्ने याेजना बनाइएको बताए । वर्षमा ३ अर्बमाथि नाेट छपाईमैं खर्च हुने गरेको प्रवक्ता निराैलाले जानकारी दिए ।

‘दशैंमा अविर लगाउने, भिजाउने जस्ता कामले नाेट विग्रने गरेका छन्, हामी चाहान्छाैं मुलुकलाई ठूलो नाेक्शानी नहाेस्’ मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक समेत रहेका निराैलाले भने, ‘यसलाई राेक्नु पर्छ भन्ने हाम्राे याेजना हाे ।’हिन्दु धर्मका यस्ता चाडपर्वमा नाेटकाे नास हुने गरेको भन्दै राष्ट्र बैंकले नेपाल पञ्चाङ्ग निर्णायक समितिका अधिकारीहरूसँग छलफल समेत गरेको छ ।

Read More
  • EBL Ad news