राष्ट्र बैंकले साढे १० अर्बको ट्रेजरी बिल बिक्री गर्ने, सोमबार बोलकबोल


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंकले साढे १० अर्बको ट्रेजरी बिल बिक्री गर्ने, सोमबार बोलकबोल

नेपाल राष्ट्र बैंकले बजारमा तरलता सन्तुलन राख्न १० अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले असोज ६ गते सोमबार बोलकबोल प्रक्रियाबाट ९१ दिन, १८२ दिन र ३६४ दिन अवधिको उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो।

बैंकले बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमध्ये ९१ दिन अवधिका लागि ४ अर्ब ३ करोड रुपैयाँको छ । ४ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने १८२ दिन अवधिको छ । त्यस्तै ३६४ दिन अवधिको २ अर्ब रुपैयाँको छ ।

बैंकले बिक्री गर्न लागेको ९१ दिने अवधिको ट्रेजरी बिल आगामी पुस ८ गते, ८२ दिन अवधिको चैत ११ गते र ३६४ दिन अवधिको २०७७ असोज ६ गते परिपक्क हुनेछ ।

Read More
  • EBL Ad news