सिर्जना फाइनान्सको ६०% हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिर्जना फाइनान्सको ६०% हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन


काठमाडौं - सिर्जना फाइनान्सको ६०% हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद जारी गर्न भदौ २० गते (सोमबार)देखि बुकक्लोज गर्ने भएको छ । सिर्जना फाइनान्सले १०ः६ अनुपातमा २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद सेयर निष्काशन गर्न भएको छ । उक्त हकप्रद असोज १७ गतेदेखि  कार्तिक २१ गते सम्म निष्काशन गर्ने भएको छ। 


रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ । सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंबाट यस हकप्रदमा आवेदन दिन सकिनेछ । सिर्जना फाइनान्सका सम्पूर्ण कार्यालयहरुबाट पनि फारम पाइनेछ ।

Read More
  • MBL - below news