काठमाडौं : स्टान्डर्ड चार्टर्डको बैंकले आफ्नो रेटिङ गराएको छ । बैंकको रेटिङ इक्रा नेपालले गरेको हो । चार्टर्डले नेपाली वित्तीय संस्थामा रेटिङ गराउने मध्ये अहिलेसम्मकै सबैभन्दा राम्रो ‘इक्रा एनपी ट्रिपल ए’ रेटिङ पाएको हो । इक्राले बैंकका सबै आधारभूत पक्ष उच्च सुरक्षात्मक अवस्थामा रहेको बताउदै ट्रिपल ए रेटिङ दिएको हो । बैंकमा वित्तीय जोखिम एकदमै न्यून छ । बैंकको सम्पूर्ण लगानी पनि निकै सुरक्षित क्षेत्रमा रहेको इक्राले जनाएको छ ।
चार्टर्डको निक्षेप संकलन र कर्जा प्रवाह अवस्थ स्वस्थ रहेको छ । प्रतिवेदनमा बैंकिङ क्षेत्रको औसत कस्ट अफ फण्ड ६.४८ प्रतिशत रहेको अवस्थामा यसको जम्मा ४.१७% मात्र भएको उल्लेख गरेको छ । जोखिम व्यवस्थापनमा अब्बल रहेको तथा न्यून खराब कर्जा अनुपात न्यून देखिएको छ । यसमा अन्तर्राष्ट्रिय नेटवर्किङ भएको स्टान्डर्ड चार्टर्ड ग्रुपको ७०% सेयर स्वामित्व छ ।
नेपाली सेयर बजारमा पनि स्टान्डर्ड चार्टर्डलाई ब्लू चिप कम्पनीका रुपमा हेरिन्छ । चार्टर्डले गत आर्थिक वर्ष अन्त्यसम्म आइपुग्दा खुद नाफा १३.९४% ले बढाएर २ अर्ब ४९ करोड ५३ लाख ६० हजार रुपैयाँ पुर्याएको छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८२ पैसाले बढाए ३१ रुपैयाँ १५ पैसा पुर्याएको स्टान्डर्ड चार्टर्डको प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ०८ पैसा छ ।








