दसैँको पैसा सेयरमा लगानी गर्नुहोस्, यी कम्पनीको आउँदैछ ४ अर्ब १४ करोडको आईपीओे


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
दसैँको पैसा सेयरमा लगानी गर्नुहोस्, यी कम्पनीको आउँदैछ ४ अर्ब १४ करोडको आईपीओे

नेपालीहरुको महान् चाँड नजिकिदै छ । दसैँमा विशेष गरी आफूभन्दा ठूलाबडाको हातबाट टीका साथै दक्षिणासमेत ग्रहण गर्ने परम्परा छ । हामीसँग भएको स–साना रकम पनि लगानी गर्दा त्यसले भविष्यमा राम्रै प्रतिफल दिनसक्छ । यसकारण टीका लगाएर जम्मा भएको पैसाले विभिन्न कम्पनीको आईपीओे खरिद गरी लगानीको सदुपयोग गर्नुहोस् । हामीले १ सय रुपैयाँमा एक कित्ता पाइने आईपीओे क—कसले निष्काशन गर्दैछन् भनेर प्रस्तुत गरेका छौँ । 

नेपाल धितोपत्र बोर्डका अनुसार ४ अर्ब १४ करोड ४८ लाख रुपैयाँ बराबरको आईपीओे निष्काशन हुने भएको छ । जलविद्युत, मर्चेन्ट बैङ्क, पूनर्बीमा लगायत गरी  विभिन्न १२ वटा कम्पनीको आईपीओे निष्काशन हुने भएको हो । आईपीओे निष्काशन हुनेमा धेरैजसो जलविद्युत कम्पनी छन् ।

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले असार ३१ गते आईपीओे निष्काशनको माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओे निष्काशनको लागि आवेदन दिएको हो । १०० रुपैयाँ प्रतिकित्ताको यस आईपीओेको लागि बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई जिम्मा दिइएको छ ।

Read More
  • MBL - below news