माछापुच्छ्रे बैंकको वार्षिक साधारणसभा असोज २४ गते, यस्ता छन् अजेन्डाहरु


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
माछापुच्छ्रे बैंकको वार्षिक साधारणसभा असोज २४ गते, यस्ता छन् अजेन्डाहरु

काठमाण्डौ । लाभांशसहित विभिन्न अजेन्डा पारित गर्न माछापापुच्छ्रे बैंक लिमिटेडले असोज २४ गते वार्षिक साधारणसभा डाकेको छ ।

बैंकको सञ्चालक  समितिको हिजो बिहीबार बसेको बैठकले २१ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । वार्षिक साधारणसभा पोखरा पोखरा ग्रान्डमा हुनेछ ।

साधारणसभाले मुख्य प्रस्तावका रुपमा रहेको गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनिएको ५% लाभांश पारित गर्नेछ । त्यस्तै नगद लाभांशका रुपमा वितरण गर्ने भनिएको ११% (लाभांश करसहित) को प्रस्ताव पनि साधारणसभाले पारित गर्नेछ ।

बैंकको भदौ ११ गते बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को खूद नाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको ५% बोनस सेयर र ११% नगद लाभांश (करसहित) वितरणको निर्णय गरेको हो ।

Read More
  • MBL - below news
  • EBL Ad news