काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (बिहीबार) २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । ७ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिपो जारी गर्न लागेको हो । रिपो आज अपराह्न ३ बजे बोलकबोल गरेर आजै जारी हुने राष्ट्र बैंकले जनाएको छ । असोज ९ गते परिपक्क हुने यस रिपोको ब्याजदर न्यूनतम ४.५% तोकिएको छ ।