पुँजी बजारमा बहार आउँदा कुन् कम्पनीका सेयरधनी भए मालामाल ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
पुँजी बजारमा बहार आउँदा कुन् कम्पनीका सेयरधनी भए मालामाल ?

काठमाडौं : पुँजी बजारमा दुई दिन लगातार हरियाली आउँदा लगानीकर्तामा उत्साह थपिएको छ । दुई दिनको वृद्धिले कम्पनीहरुको सेयर भाउमा पनि सुधार भएको छ । बुधबार बजार २२.६८ अंकले बढ्दा केही कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट नै लागेको छ । सबैभन्दा धेरै सिन्धु विकास बैंकको सेयर मूल्य १०% ले वृद्धि भएको छ । यसको सेयर समग्रमा प्रतिकित्ता १२ रुपैयाँले बढेर १३२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यस्तै, २००% हकप्रदका लागि बुधबार नै बुक क्लोज गरेको समता लघुवित्तको पनि प्रतिकित्ता ४९ रुपैयाँले सेयर भाउ बढेको छ । यस लघुवित्तको समग्रमा ९.९८%  ले भाउ बढेको हो । साथै, रिडी हाइड्रोपावर र ग्लोबल आइएमई लघुवित्तका सेयरधनीको पनि ९% भन्दा धेरैले सम्पति वृद्धि भएको छ ।

यता, बजारमा आकर्षक सुधार आउँदा पनि कुल २२ कम्पनीको सेयर भाउमा गिरावट आएको छ । यसमध्ये पनि सबै भन्दा बढी कणार्ली डेभलपमेन्ट बैंकका सेयरधनीको सम्पति घटेको छ । बुधबार कणार्लीको सेयर भाउ प्रतिकित्ता ५ रुपैयाँले घटेर १०५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । समग्रमा कणार्लीको सेयर मूल्य मंगलबारको तुलनामा ४.५४५% ले घटेको हो । यसैगरी, ङादी ग्रुप पावरको सेयर भाउमा ३.७७% र कर्पोरेट डभलपमेन्ट बैंकको सेयरमा ३.५४% को गिरावट आएको छ ।

...

Read More
  • MBL - below news