सेयर लगानीकर्ताका संगठनले प्रधानमन्त्रीलाई भेट्न मागे समय


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर लगानीकर्ताका संगठनले प्रधानमन्त्रीलाई भेट्न मागे समय

 
काठमाडौं : सेयर लगानीकर्ताका संगठनहरुले प्रधानमन्त्रीसँग भेटघाटका लागि समय माग गरेका छन् । सेयर बजार निरन्तर घटेर न्यूनतम विन्दुमा पुगेको र अर्थमन्त्रीले समस्या समाधान गर्न चासो नदेखाएको संकेत गर्दै लगानीकर्ताका संगठनहरुले प्रधानमन्त्रीलाई समस्याहरुका बारेमा अवगत गराउने बताएका हुन् । यद्दपि, बजार लगातार तल झरेपछि मंगलबार अर्थमन्त्रीले सेयर बजारप्रति पनि सकारात्मक अभिव्यक्ति दिएका छन् । सेयर बजारमा लगानी गर्ने अहिले सबैभन्दा उपयुक्त समय भएको समेत अर्थमन्त्रीले बताएका छन् ।

नेप्से निरन्तर घटेपछि लगानीकर्ताका ४ वटा संगठनहरुले मंगलबार संयुक्त विज्ञप्ति जारी गरेका छन् ।यद्दपि, लगानीकर्ताका संगठनहरुले विज्ञप्ति जारी गरेकै दिन सेयर बजारमा भने चमक देखिएको छ । यसालाई संयोग नै मान्नुपर्ने हुन्छ । विगतमा १८८८ अंकसम्म पुगेको नेप्से वर्तमान सरकारको गलत रवैयाका कारण निरन्तर तल झरेको लगानीकर्ताहरुको भनाई छ । नेप्से ११२३ अंकसम्म आउँदा पुँजी बजारमा ४०% को संकुचन आएको उनीहरुको भनाई छ ।

Read More
  • MBL - below news