काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाको एक बोलीले सेयर बजारमा उछाल आएको छ ।
अर्थमन्त्री खतिवडाले मंगलबार कर्मचारी सञ्चयकोष ५७ औं वर्ष पूरा गरी ५८ वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दोश्रो बजारमा लगानी गर्ने समय अहिले रहेको भन्दै लगानी बढाउन आह्वान गरेका थिए ।
उनले नयाँ लगानीकर्ताहरुलाई समेत उत्साहित बनाउँदै लगानीको सही समय यही रहेको दाबी गरेका थिए ।
उनले बैंक तथा वित्तीय संस्थाहरुको नाफा निकै राम्रो रहेको, आकर्षक लाभांश वितरण गरिरहेका, मुलुकको आर्थिक वृद्धिदर निरन्तर उच्च रहेको, करका द्विविधा र झञ्झटहरुको अन्त भएको दाबी गर्दै दोश्रो बजारमा लगानी गर्ने यो जत्तिको उपयुक्त अवसर फेरि नआउनसक्ने समेत बताएका थिए ।







