बैंकले २०७४/७५ आव सम्मको वार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ । बैंकले दुई आवको गरेर कुल २१ दशमलव २५ प्रतिशत बोनस शेयर दिएको छ । अघिल्लो आर्थिक वर्ष २०७३/७४ को नाफाबाट १२ दशमलव ७५ प्रतिशत र २०७४/७५ को नाफाबाट ८ दशमलव ५ प्रतिशत बोनस दिएको हो । बैंकले आव २०७५/७६ को १९औं वार्षिक साधारणसभा असोज ११ गते गर्ने भएको छ । बैंकले १० प्रतिशत बोनस शेयर र शून्य दशलमव ५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा लैजाँदै छ । उक्त लाभांश वितरणपछि बैंकको पूँजी रू. ९ अर्ब ५५ करोड पुग्नेछ । बैंकले हालसम्म १०७ ओटा शाखा कार्यालय स्थापना गरेको छ । बैंकका २६ ओटा शाखा उपत्यकाभित्र र ८१ ओटा उपत्यकाभन्दा बाहिर छन् । नेप्सेले भदौ २९ गते आइतवार १० प्रतिशत बोनसका लागि रू. १८४ दशमलव ५५ मा मूल्य समायोजन गरेको छ ।
कम्पनीको ६८ दिनको कारोबार अवधिको अन्तिम दिनमा ओपनिङ ब्ल्याक मारुबोजु आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत देखाउँछ । आरएसआई ओभरसोल्ड जोन १५ दशमलव ५४ विन्दुमा छ । यसले शेयरविक्री चाप बढी रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ११ दशमलव ९४ विन्दुमा छ । उतारचढाव कम छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा तल छ । सोमवारको शेयरमूल्य रू. १७८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २०४ मा प्रतिरोध पाउने देखिन्छ । सोमवारको शेयरमूल्य ६८ दिनको कारोबारमा सबैभन्दा कम छ ।







