बैंकमा अब डिजिटल भुक्तानी


  • KBL News Ad
  • ADBL
  • City Express
बैंकमा अब डिजिटल भुक्तानी

काठमाडौं : राष्ट्र बैंकले एउटा बैंकबाट अर्को बैंकमा एकैपटक ठूलो रकम भुक्तानी गर्न सकिने प्रणाली (रियल टाइम ग्रस सेटलमेन्ट–आरटीजीएस) सञ्चालनमा ल्याएको छ। चेक वा अन्य माध्यम प्रयोग नगरी ठूलो रकम भुक्तानी गर्न सकिने यस्तो प्रणालीको उद्घाटन राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल र लन्डका मेयर पिटर इस्टलिनले संयुक्त रूपमा गरेका छन्।

अब बैंकले एकैपटक एउटा बैंकबाट अर्को बैंकको खातामा रकम पठाउन सक्ने छन्। तर, यस्तो सुविधा २० लाख रुपैयाँभन्दा बढीको कारोबारमा मात्र उपलब्ध छ। आकस्मिक भुक्तानी गर्नुपर्ने अवस्थामा कम्तीमा दुई लाख रुपैयाँसम्मको भुक्तानी यो प्रणालीमार्फत गर्न सकिने व्यवस्था गरिएको छ। तत्कालै भुक्तानी फस्र्योट हुने भएकाले यो प्रणालीबाट केही मिनेटमै कारोबार सम्पन्न हुन्छ। तर यस्तो सुविधा सानो रकमको भुक्तानी गर्नमा भने उपलब्ध छैन।

ठूलो आकारमा राजस्व तिर्नुपर्ने, व्यापारिक भुक्तानी गर्नुपर्नेजस्ता समस्या सुल्झाउन नयाँ प्रणालीले सहयोग गर्ने राष्ट्र बैंकका अधिकारीले बताएका छन्। गभर्नर नेपालले ठूलो परिमाणमा भुक्तानी फरफारक गर्दा हुने सम्भावित जोखिम निवारण गरेर जनविश्वास प्राप्त गर्न यो प्रणालीले सहयोग गर्ने बताए। अब कारोबारको समय र लागत दुवै घट्ने भएकाले नेपालको वित्तीय क्षेत्रलाई आधुनिक प्राणालीमा रुपान्तरण गर्न सहयोग पुर्‍याएको उनले बताए।

Read More
  • EBL Ad news