थामिएन सेयर बजारको पहिरो


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
थामिएन सेयर बजारको पहिरो

३० भदौ, काठमाडौं । केहि दिन यता लगातार ओरालो लागेको सेयर बजार सोमबार पनि १६ अंक बढीले ओरालो लागेको छ । यस अघि आइतबार पनि दोहोरो अंकले नै बजार ओरालो लागेको थियो ।

सोमबार १६ दशमलव १८ अंकल ओरालो लागेर नेप्से परिसूचक १ हजार १ सय २३ दशमलव ८३ अंकमा झरेको छ । नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकममा भने बढोत्तरी देखिएको छ । 

सोमबार ७ हजार ५ सय ४७ कारोबारबाट १६९ कम्पनीका १२ लाख ४८ हजार ४०९ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम ३४ करोड ३९ लाख १८ हजार २ सय २१ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

कारोबार रकम आइतबारको तुलनामा ५ करोड बढी हो । नेप्सेमा कारोबार हुने १६ उपसमूहरु मध्ये व्यापार बाहेक सबै उपसमूहरु राताम्मे देखिएका छन् । व्यापार भने २.२९ प्रतिशत अर्थात ६.३३ अंकले बढेको छ ।

कारोबार रकमका आधारमा छिमेक लघुवित्त वित्तीय संस्था पहिलो नम्बरमा देखिएको छ । यस संस्थाको सोमबार सबै भन्दा धेरै १ करोड ८० लाख १९ हजार ९ सय ४५ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

Read More
  • MBL - below news