नेप्से ओरालो लाग्ने क्रम रोकिएन, एकै दिन १७.८७ अंक घट्यो, नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्से ओरालो लाग्ने क्रम रोकिएन, एकै दिन १७.८७ अंक घट्यो, नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार

भदौ २९, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक १७ दशमलव ८७ अंक घटेर १ हजार १४० दशमलव शून्य १ विन्दुमा बन्द भएको छ । यस दिन १ हजार १५७ दशमलव ६८ विन्दुबाट शुरु भएको परिसूचक कारोबारको शुरुदेखि नै ओरालो लागेको थियो । यस दिनभरिको कारोबार अवधिमा निरन्तर ओरालो लागेको बजार गत कारोबार दिनको परिसूचकको तुलनामा १ दशमलव ५४ प्रतिशत घटेर बन्द भएको छ ।

यस दिन कारोबारमा आएका ११ समूहमा सबै समूहको परिसूचक घटेर बन्द हुँदा समग्र नेप्से परिसूचक घट्न पुगेको हो । सर्वाधिक घटेर बन्द हुनेमा बैंकिङ समूहको परिसूचक १ दशमलव ८५ प्रतिशत घटेर बन्द भएको छ । बैंकिङ समूह लगायत होटल, जलविद्युत, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र जीवन बीमा समूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन् । त्यसैगरी, बाँकी रहेका समूहमा विकास बैंक, वित्त, ‘अन्य’ र म्युचुअल फन्ड समूहको परिसूचक १ प्रतिशतभन्दा कम घटेका छन् ।

आइतवारको कारोबार
आइतवार रू. २८ करोड ८० लाख बराबरको शेयर कारोबार भएको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा २३ दशमलव ४२ प्रतिशत घटेको हो । गत कारोबार दिन बिहीवार रू. ३७ करोड ६१ लाख रकम बराबरको कारोबार भएको थियो । सेन्सेटिभ इन्डेक्स भने ३ दशमलव ७९ अंक घटेर २५० दशमलव शून्य १ विन्दुमा आएको छ ।

...

Read More
  • MBL - below news