माथिल्लो अरुण र तामाकोशी पाँचौंले आइपीओ निष्काशन गर्ने


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
माथिल्लो अरुण र तामाकोशी पाँचौंले आइपीओ निष्काशन गर्ने

माथिल्लो अरुण आयोजनाले सर्वसाधारणको लागि साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ। जनताको जलबिद्युत कार्यक्रम अन्तर्गत १०६० मेगावाटको यस आयोजनाले आईपीओ निष्काशन गर्ने भएको हो।  

नेपाल बिद्युत प्राधिकरणको भावी कार्ययोजना सार्वजनिक गर्दै कार्यकारी निर्देशक कुलमान घिसिंङले यस्तो जानकारी दिएका हुन। उनले ९९ दशमलब ६ मेगावाटको तामाकोशी पाँचौंको पनि ४९ प्रतिशत सेयर सर्वसाधारणलाई निष्काशन गरिने जानकारी दिए। 

यी आयोजना स्वदेशी वित्तीय संस्था र अन्तराष्ट्रिय बहुपक्षीय विकास साझेदारको सहुलियत ऋणमा बन्ने समेत उनले बताए। प्राधिकरणले ६३५ मेगावाटको दुधकोशी, ८२५ मेगावाटको उत्तर गङ्गा जलबिद्युत आयोजना, २१० मेगावाटको चैनपुर सेती र चिलिमे अन्तर्गतको ४२५ मेगावाटको जलबिद्युत आयोजना पनि अघि बढाउने निर्देशक घिसिङले बताए।      

 

Read More
  • MBL - below news