बुधबारदेखि सम्पत्ति शुद्धीकरण सम्बन्धि नयाँ निर्देशिका जारी हुने, शेयर काराेबारमा यस्ताे व्यवस्था


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बुधबारदेखि सम्पत्ति शुद्धीकरण सम्बन्धि नयाँ निर्देशिका जारी हुने, शेयर काराेबारमा यस्ताे व्यवस्था

आगामी असोज १ गते बुधवारदेखि शेयर बजारमा कालोधन रोक्नको लागि नयाँ निर्देशिका लागू हुँदैछ। नयाँ निर्देशिकामा २५ लाखभन्दा माथिको कारोबारलाई निगरानी गर्ने व्यवस्था गरिँदैछ।

 

कम्पनी रजिष्ट्रार कार्यालयले जारी गर्ने निर्देशिकामा कसैले एकै पटकमा २५ लाखसम्मको शेयर खरीद गरे या पटक पटक गरेर १ करोड भन्दा बढीको शेयरको खरीद गरे त्यसमाथि निगरानी हुने गरी व्यवस्था गरिएको छ  २५ लाखमाथि निगरानी बढाइएपनि १० लाखमाथि कै कारोबारबाट लगानीको श्रोत खुलाउनुपर्ने व्यवस्था छ।

कम्पनी रजिष्ट्रार कार्यालयले सामान खरीदको लागि लागू गरेको तीनपुस्तेको विवरणमा शेयर खरीदबाट हुने कालोधन रोक्ने व्यवस्था कार्यान्वयन गर्न लागिएको छ। १० लाखभन्दा बढीको शेयर खरीद गर्दा तीनपुस्ते विवरण तथा लगानीको स्रोत खोज्नुपर्ने व्यवस्था गरिएको छ। 

निर्देशिका पूरा हेर्न यहाँ क्लिक गर्नुहोस

Read More
  • MBL - below news