चेक नकाटी सीधै पैसा, गभर्नर भन्छन् : आरटीजीएस नयाँ युगको सुरुवात


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
चेक नकाटी सीधै पैसा, गभर्नर भन्छन् : आरटीजीएस नयाँ युगको सुरुवात

काठमाडौं : चेक नकाटी सीधै एक बैंकबाट अर्को बैंकमा पैसा भुक्तानी गर्न सुरु भएको छ । नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीको आइतबारबाट औपचारिक रुपमा सुरु गरेसँगै यो व्यवस्था कार्यान्वयनमा आएको हो । आरटीजीएसको गभर्नर डा. चिरञ्जीवी नेपाल र लर्ड मयेर अफ लन्डनका पिटर एलष्टिनले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । युके एड बेलायतको प्रावधिक तथा आर्थिक सहयोगमा नेपालमा आरटीजीएस प्रणाली सुरुवात गरिएको हो । 

यस प्रणालीको आइतबार उद्घाटन गर्दै गर्भनर नेपालले भुक्तानी प्रणालीको नयाँ युग सुरुवात भएको बताए । साथै, आरटीजीएस प्रणाली भुक्तानी प्रणालीकै मुटु भएको समेत उनले उल्लेख गरे । गभर्नर नेपालले आरटीजीएस प्रणाली तोकिएको निर्धारित समयबाटै सुरु गर्न सकिएको बताउँदै भने, ‘अब चेक नकाटी ठूलो रकम रिलय टाइममा भुक्तानी हुने जानकारी दिए ।   

केन्द्रीय बैंकका अनुसार २ लाख रुपैयाँभन्दा माथिको भुक्तानी दिँदा चेक नकाटी रियल टाइम हुनेछ । २८ वटै वाणिज्य बैंकहरु यो प्रणालीमा आवद्ध भइसकेका छन् । यो प्रणाली सुरक्षित, विश्वसनीय र छिटो पनि हुन्छ । जतिबेला आदेश दियो, त्यतिबेलै भुक्तानी हुने भएकाले रियल टाइम भनिएको हो ।

यस प्रणालीबाट कारोबार गर्दा प्रतिकारोबार १० रुपैयाँ शुल्क लाग्छ । आइतबार नै शुभारम्भ कार्यक्रममा गभर्नर नेपालले नेपाल इन्भेष्टमेन्ट बैंक र माछापुच्छ्रे बैंकमार्फत आरटीजीएस प्रणालीबाट २० करोड रुपैयाँ भुक्तानी भएको बताए । 

...

...

Read More
  • MBL - below news
  • EBL Ad news