उद्योग व्यवसायको डिजिटल रूपान्तरणमा जोड


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
उद्योग व्यवसायको डिजिटल रूपान्तरणमा जोड

नेपाल उद्योग वाणिज्य महासंघ र भारतको द टाइम्स ग्रुपको साझेदारीमा बिजनेस इम्प्याक्ट अफ डिजिटल ट्रान्सफरमेसन विषयक एक दिने सम्मेलन सम्पन्न भएको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सम्मेलन संघ-संगठन एवं व्यक्तिगत जीवनमा प्रविधिबाट हुने फाइदाहरुमा जोड दिंदै सार्क मुलुकहरुको आर्थिक एवं सामाजिक विकासमा डिजिटल रूपान्तरण को महत्व दर्शाउने प्रमुख उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो ।

सम्मेलनमा मन्त्री बाँस्कोटाले डिजिटल रूपान्तरण को महत्व दिनानुदिन बढ्दै गएको बताउनुहु“दै आयोजित सम्मेलन नेपालमा समय सान्दर्भिक भएको बताए । नेपालमा विशेष गरेर शिक्षा, स्वास्थ्य, कृषि लगायतका अन्य विभिन्न क्षेत्रहरुमा डिजिटल रूपान्तरण बढावा दिन सरकारले डिजिटल नेपाल कार्यक्रम अघि बढाएको जानकारी गराए । साथै मन्त्री बाँकोटाले विश्वव्यापिकरणको रूपमा प्रविधि विस्तार भैरह“दा नेपालले पनि डिजिटल रूपान्तरण मार्फत दिगो विकासको लक्ष्य लिएको बताए ।

...

Read More
  • MBL - below news
  • EBL Ad news