अमेरिका र चीनबीच व्यापार वार्ता पुनः शुरु हुने समाचार सार्वजनिक भएलगत्तै शुक्रबार एसियाली शेयर बजारमा सुधार आएको छ ।
जापानको निक्की २२५ मा १.१ प्रतिशतले वृद्धि भई २१,९८९.२९ विन्दुमा पुगेको छ भने हङकङको हाङ सेङ पनि ०.६ प्रतिशत वृद्धि भई २७,२६२.८० विन्दुमा पुगेको छ । सिड्नीको एसएन्डपी एएसएक्समा पनि सुधार भई ६,६६९.२० विन्दुमा पुगेको छ ।
शाङ्घाई, ताइवान र दक्षिण कोरियाको शेयर बजारमा भने विदाका कारण शुक्रबार कारोबार भएन । भारतको सेन्सेक्स ३७,०९२.८१ विन्दुमा रहेको छ । सिंगापुर, बैंकक र जकार्ताको शेयर बजारमा वृद्धि भए पनि मलेसियाको शेयर बजार घटेको छ ।







