समाचार प्रभाव : नेप्सेले हतारमा जारी गर्यो सेन्सेटिभ इन्डेक्समा पर्ने नयाँ कम्पनीहरुको सूची


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
समाचार प्रभाव : नेप्सेले हतारमा जारी गर्यो सेन्सेटिभ इन्डेक्समा पर्ने नयाँ कम्पनीहरुको सूची

काठमाडौं : नेपाल स्टक एक्सचेन्जले सेन्सेटिभ इन्डेक्समा समावेश गरिएका सूचीकृत कम्पनीहरुको सूची परिमार्जन गरेको छ । यसअघि कुल १११ वटा कम्पनी रहेकामा अहिले संशोधन गरेर सेन्सेटिभ इन्डेक्स बास्केटमा ७६ वटा कम्पनी राखिएका छन् । सेन्सेटिभ इन्डेक्सलाई आधार बनाउने कम्पनीहरुको सूची प्रत्येक वर्ष माघ महिनामा सार्वजनिक गर्नुपर्ने प्रावधान भए पनि अहिलेसम्म २०७४ सालकै कम्पनीहरुलाई आधार मानेर इन्डेक्स गणना हुँदै आएको थियो ।

सोही विषयलाई नेपाली पैसाले आफ्नो मुख्य समाचार बनाएको थियो । यो समाचार सार्वजनिक भइसकेपछि नेप्सेले हतारहतारमा सेन्सेटिभ इन्डेक्स गणनामा समावेश हुने कम्पनीहरुको सूची परिमार्जन गरेको छ । सूची परिमार्जन गर्नासाथ नेप्सेले समाचारको पनि खण्डन गरेको छ । नेप्सेले नै उपलब्ध गराएको १११ वटा कम्पनीकै आधारमा हामीले समाचार बनाएका थियौं ।

Read More
  • MBL - below news