नेप्सेद्वारा भ्रामक समाचारको खण्डन, के हो सेन्सेटिभ इन्डेक्सको वास्तविकता ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेद्वारा भ्रामक समाचारको खण्डन, के हो सेन्सेटिभ इन्डेक्सको वास्तविकता ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेन्सेटिभ इन्डेक्सबारे एक संचार माध्यमले लेखेको समाचारको खण्डन गरेको छ। उक्त समाचार भ्रामक  र  झुटो रहेको नेप्सेले जनाएको छ।

समाचारमा १११ वटा कम्पनीलाई आधार मानेर सेन्सेटिभ ईन्डेक्स गणना गरिनुपर्ने दाबि गरिएको थियो। तर त्यो तथ्यांक २ बर्ष अगाडीको भएको र हाल सेन्सेटिभ ईन्डेक्समा ७६ कम्पनी मात्र रहेकोले सोहि अनुसार इन्डेक्स गणना भईरहेको नेप्सेले स्पष्ट पारेको छ।

नेप्सेले १ जनवरी २००७ को मितिलाई आधार मानेर सेन्सेटिभ इन्डेक्स गणना गर्न सुरु गरेको हो। नेप्सेले तत्कालिन सूचीकरण विनियमावलीमा रहेको समूह 'क' मा परेका कम्पनीहरुलाई समावेश गरेर उक्त ईन्डेक्स गणना गर्ने गरेको थियो। त्यस समय नेप्सेमा सुचिकृत कम्पनीहरुलाई 'क' र 'ख' मा मात्र बर्गिकरण गर्ने गरिएको थियो। 

तर सूचीकरण विनियमावली, २०७५ लागू भए पश्चात कम्पनीको बर्गिकरण ए, बि , जी र जेड गरी ४ प्रकारमा बिभाजन गरिएको छ। तर नेप्सेले इन्डेक्स गणनाको लागि पुरानै मापदण्डका आधारमा छुट्टै सेन्सेटिभ समूह तयार गरी निरन्तरता दिएको हो। यसले ए, बि , जी , जेड को बर्गिकरण र सेन्सेटिभ इन्डेक्समा कुनै सम्बन्ध नरहेको समेत नेप्सेले स्पष्ट पारेको छ।  

Read More
  • MBL - below news