नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीबार मार्जिन कारोबार गर्न योग्य १२ वाणिज्य बैंक सहित ३३ सूचीकृत कम्पनीहरुको नामावली सार्वजनिक गरेसँगै लगानीकर्ताहरुले मार्जिन कारोबार सुविधा लिनसक्ने २१ धितोपत्र सदस्य दलाल व्यवसायीहरुको सूची पनि सार्वजनिक गरेको छ।
नेप्सेका अनुसार ५० वटा शेयर दलाल व्यवसायी रहेकोमा हालसम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउन योग्यको संख्या २१ वटा रहेको छ। बाँकी ब्रोकर कम्पनीले मार्जिन सेवा उपलब्ध गराउनका लागि अनुमतिपत्र प्राप्त गर्न बाँकी छ।
मार्जिन कारोबार सुविधा उपलब्ध गराउन अनुमति पाएका ब्रोकर कम्पनीहरुमा क्रिस्टल कञ्चनजंगा सेक्युरिटिज (५०), भिजन सेक्युरिटिज (३४), नेपाल स्टक हाउस (१४), सेक्युर्ड सेक्युरिटिज (३६), श्री कृष्ण सेक्युरिटिज (२८), प्राइमो सेक्युरिटिज (१६), कोहिनुर सेक्युरिटिज (३५), दिपशिखा सेक्युरिटिज (३८), सुन्धारा सेक्युरिटिज (५२), प्रज्ञान सेक्युरिटिज (१०) रहेको छ।
यसैगरि नासा सेक्युरिटिज (५८), सुमेरू सेक्यूरिटिज (३९), आर्यातारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज (५७), इम्पेरियल सेक्यूरिटिज (४५), दिव्या सेक्यूरिटिज एण्ड स्टक हाउस (५९) डाइनामिक मनि मेनेजर्स सेक्युरिटिज (४४), दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज (३३), स्वेता सेक्युरिटिज (२५), निभ सेक्युरिटिज (४७), सिप्रवी सेक्युरिटिज (२२) र अनलाईन सेक्युरिटिज (४९) ले मार्जिन सेवा उपलब्ध गराउनका लागि अनुमति पाएका छन्।
- यस्ता छन् मार्जिन कारोबारका लागि ऋण पाइने ३३ कम्पनी ...







