भारतमा नेपाली बैंकको कार्ड प्रयोगमा समस्या, वैकल्पिक व्यवस्था गर्न निर्देशन


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
भारतमा नेपाली बैंकको कार्ड प्रयोगमा समस्या, वैकल्पिक व्यवस्था गर्न निर्देशन

काठमाडौ । भदौ १४ को एटीएम ह्याकिङपछि एउटा बैंकको कार्ड अर्को बैंकको एटीएममा नचल्ने बनाइँदा भारतमा उपचार, अध्ययन लगायतका लागि गएका नेपालीलाई भुक्तानीमा समस्या परेकाले नेपाल राष्ट्र बैंकले नेप्स र सोसँग आबद्ध बैंकहरूलाई तुरुन्तै वैकल्पिक व्यवस्था गर्न निर्देशन दिएको छ । 

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार भारतमा विभिन्न प्रयोजनका लागि गएका र कार्डको प्रयोग गर्ने ग्राहकहरू समस्यामा परेकोले वैकल्पिक उपायको लागि निर्देशन दिइएको हो । ‘चाहे रेमिट्यान्सबाट होस् वा भारतका बैंकसँग समन्वय गरेर होस्, नगद नबोकेका र कार्डको भरमा भारत गएर आपत्मा परेका सेवाग्राहीलाई तुरुन्तै सेवा दिन निर्देशन दिएका हौं,’ उनले भने ।

यसबारे केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले सूचना जारी गर्दै नेप्सको सञ्जालमा रहेका बैंकका प्रिपेड, डेबिट, क्रेडिट कार्डहोल्डरले आफ्नो मौज्दातको सीमासम्मको रकम वैकल्पिक माध्यमबाट दोहोरो नपर्ने गरी रकमान्तर गर्न सक्ने व्यवस्था पनि गरेको छ । ‘गत भदौ १८ गतेदेखि नेप्सका होस्टिङ र स्विचिङ सेवा अवरुद्ध भएकोले यो सेवा पुनः शुरू नभएसम्म केन्द्रीय बैंकले तोकेको शर्तमा रही वैकल्पिक माध्यमबाट रकम पठाउन सक्नेछन,’ निरौलाले भने, ‘बैंकले वैकल्पिक माध्यम अपनाउदा अतिरिक्त शुल्क लिन पाउने छैनन् ।’ 

यस क्रममा, नेपालमा विप्रेषण पठाउने भारतका विभिन्न स्थानमा रहेका विप्रेषण प्रदायक केन्द्रहरूमार्फत समेत त्यस्ता कार्ड धारकलाई कार्डमा रहेको रकम सुनिश्चित गरी भारतीय रुपैयाँमा भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ । साथै कार्डवालाको निवेदनको आधारमा विदेशस्थित उनीहरूका आफन्तको खातामा चाहेको रकम रकमान्तर गर्न सकिने व्यवस्था मिलाइएको प्रवक्ता निरौलाले जानकारी दिए । नेपाली बैंकको एटीएम बोक्नेहरूले भारतमा रहेका सोहि बैंकका रेमिटेन्स एजेन्टलाई भेटेपछि उनीहरूको खातामा रकम छ वा छैन भनेर जाँच गरी रकम दिइने उनको भनाइ छ ।

केन्द्रीय बैंकले आयोजना गरेको छलफलमा सहभागी ग्लोबल आईएमई बैंकका कार्यवाहक सीईओ महेश शर्मा ढकालका अनुसार विदेशमा कार्ड लिएर गएका नेपालीलाई सहज बनाउन अस्थायी व्यवस्था गर्न लागिएको हो । 

...

Read More
  • MBL - below news
  • EBL Ad news