नेपाल बङ्गलादेश बैंकको ९५ औं शाखा खोकनामा


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
नेपाल बङ्गलादेश बैंकको ९५ औं शाखा खोकनामा

नेपाल बङ्गलादेश बैंकले ९५औं शाखा ललितपुर जिल्लाको खोकनामा संचालनमा ल्याएको छ। बिहीबार ललितपुरको खोकनामा शाखा उद्घाटन गरी बैंकले औपचारिक कारोबार शुभारम्भ गरेको छ।

उक्त शाखाको सांसद पम्फा भुसालले उद्घाटन गरिन्। सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा जानकारी दिएका थिए।

बैंकले यस आसपासका सर्वसाधारणलाई सहज बैंकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो नयाँ शाखा विस्तार गरेको हो।

साथै यस शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन्।

Read More
  • EBL Ad news