कुमारी बैंकको लाभांश पाउन बिहीबारसम्म शेयरधनी हुन आवश्यक


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कुमारी बैंकको लाभांश पाउन बिहीबारसम्म शेयरधनी हुन आवश्यक

कुमारी बैंक (KBL) ले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको चुक्ता पूँजीको १० प्रतिशत बोनस र बोनसको कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश पाउन भदौ २६ गते बिहीबारसम्म शेयरधनी हुनुपर्नेछ।

बैंकले लाभांश पारित गर्न असोज ११ गते बिहान ११ः३० बजे नक्साल व्याक्वेट, नक्सालमा बोलाएको १९ औं वार्षिक साधारण सभा डाकेको छ । 

लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि बैंकले भदौ २९ गतेदेखि असोज ११ गतेसम्म बुकक्लोज गर्ने जनाएको छ। यसअनुसार बुकक्लोजको अघिल्लो दिन (भदौ २६ गते) सम्म कायम शेयरधनीहरुले मात्रै बैंकको लाभांश पाउनेछन्।

साधारण सभामा लाभांशका अतिरिक्त साधारण सभामा प्रबन्धपत्र संशोधन गर्ने, आर्थिक वर्ष २०७५/०७६ को नाफा नोक्सान सम्बन्धी हिसाब किताबका सम्बन्धमा छलफल गरि पारित गर्ने तयारी गरेको छ। यस्तै आर्थिक वर्ष २०७६/०७७ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने पनि तयारी गरेको छ।

चुक्ता पूँजी ८ अर्ब ६८ करोड रुपैयाँ रहेको बैंकको बोनस वितरण पछि ९ अर्ब ५५ करोड पुग्नेछ।

गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा बैंकले १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यस अवधि सम्ममा बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३६ पैसा र प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ६४ पैसा छ।

Read More
  • MBL - below news