अनलाइन सेयर कारोबारमा विदेशमा टेष्टेड टिएमएस आउँदै, बजारमा उछाल आउला ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अनलाइन सेयर कारोबारमा विदेशमा टेष्टेड टिएमएस आउँदै, बजारमा उछाल आउला ?

काठमाण्डौ । नेप्सेको अनलाइन प्रणाली(NOTS)मा रहेको टीएमएस ( Trading Management System) छिट्टै परिवर्तन भई बिदेशी  टेष्टेड प्रणाली आउने पक्का भएको छ ।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष भरत रानाभाटका अनुसार वाइको प्रालिबाट उपलब्ध टीएमएस अन्तर्राष्ट्रिय स्तरको  परीक्षण भएको प्रणाली नेप्सेको अनलाइनमा निकट समयमै जडान गरिन लागिएको हो। 

समयको माग र कारोबार म्याचिङ सिस्टमलाई अपग्रेड गर्ने हेतूले २ वटा देशका  सिस्टम भेण्डर पार्टीसँग २ वटा छलफल भइसकेको  बताउँदै अध्यक्ष रानाभाटले नेप्से र वाइको प्रालिको सहयोग चाहिने बताए । वाइकोले सहयोग गरेमा नयाँ सिस्टममा धितोपत्र कारोबार गर्ने सिस्टम जडान गर्न धेरै समय नलाग्ने रानाभाटले जिकिर गरे।

मोबाइलमैत्री बनाइए संसारभर जुनसुकै स्थानबाट अनलाइन ट्रेडिङ गर्न सहज हुने तर्क राखेका रानाभाटले प्रोपाइटर ट्रेडिङ, थप नयाँ फिचरसहित सहज मोडिफाइ गर्न मिल्ने किसिमको प्रयोगमैत्री बिदेशी टेष्टेड प्रणाली भित्र्याउन लागेको जानकारी दिए।  १–२ चरण नेप्सेसङ्ग कुराकानी भइसकेको र नेप्सेले एप्रूभ गरे चाँडै टीएमएस जडान गरिने उनले दाबीसमेत गरे।
....

Read More
  • MBL - below news