छिमेक लघुवित्तले शेयरधनीहरुलाई प्रस्ताव गर्यो आकर्षक लाभांश


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
 छिमेक लघुवित्तले शेयरधनीहरुलाई प्रस्ताव गर्यो आकर्षक लाभांश

छिमेक लघुवित्त (CBBL) ले गत आर्थिक वर्ष २०७५/०७६ कमाईबाट शेयरधनीहरुलाई आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

लघुवित्तको भदौ २४ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको २७.११८६ प्रतिशत बोनस शेयर र १७.२१६८ प्रतिशत नगद लाभांश गरी कूल ४४.३३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ बाट लघुवित्त कम्पनीले शेयरधनीलाई १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश गरि कूल ४० प्रतिशत लाभांश वितरण गरेको थियो।

हाल १ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको ३२ करोड रुपैयाँ बराबरको बोनस वितरण पश्चात पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

Read More
  • MBL - below news