साइबर जोखिमको प्रतिरक्षा गर्न निर्देशन


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
साइबर जोखिमको प्रतिरक्षा गर्न निर्देशन

काठमाडौं : राष्ट्र बैंकले सम्भावित साइबर हमलासँग जुध्नसक्ने गरी सूचना प्रविधिमा लगानी बढाउन निर्देशन दिएको छ। केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले मंगलबार निर्देशनात्मक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाको आन्तरिक र बाह्य सुरक्षा जोखिम घटाउन तथा व्यवस्थापन गर्न थप कदम चाल्नुपर्ने बताएको छ।

बैंकले आफ्नो वेवसाइट, मोबाइल एप, आधिकारिक सामाजिक सञ्जाल तथा सूचना प्रविधि प्रणालीमा सम्भावित जोखिम घटाउन प्राविधिक क्षमता सुदृढ पार्नुपर्ने राष्ट्र बैंकले बताएको छ।

पछिल्लो समय एटीएम ह्याकबाट झस्किएको राष्ट्र बैंकले मातहतका बैंक तथा वित्तीय संस्थालाई सम्भावित क्षति न्यूनीकरण गर्न प्रतिरक्षा प्रणाली, फायरवाल, एन्टीभाइरस, डाटा चोरी हुनबाट रोक्ने प्रणाली–इन्क्रिप्सन, सर्भरमा अरुको पहूँच पाउन नसक्ने व्यवस्थाजस्ता उपायबाट प्राविधिक क्षमता बढाउन बैंकलाई निर्देशन दिइएको छ। यस्ता प्रतिरक्षा प्रणालीको अध्यावधिक गर्ने, सूचना आदानप्रदान गर्ने र भुक्तानी आदेश गर्दा प्रणालीको सत्यता जाँच गरेरमात्रै कारोबार स्वीकृत गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ।

Read More
  • MBL - below news
  • EBL Ad news