सेयरबजारमा कृतिम बौद्धिकता बढ्यो, जोखिमको हिसाब गर्नुहोस: अर्थमन्त्री खतिवडा


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयरबजारमा कृतिम बौद्धिकता बढ्यो, जोखिमको हिसाब गर्नुहोस: अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले एशियाली सेयर बजार विकास हुँदै गरेको र यसले विश्व बजारको नेतृत्त्व लिएको हेर्ने इच्छा रहेको बताएका छन। एशिया प्रसान्त क्षेत्रमा रहेका धितोपत्र केन्द्रीय निक्षेप सेवा प्रदायक कम्पनीहरुको संगठन (एसिजी) को साधारणसभा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन। 

विश्वका अधिकांश देशका सेयर बजार संकटमा पर्दा केन्द्रीय बैंकले अग्रसर भएर लाग्नुपर्ने अवस्था रहेको भन्दै अर्थमन्त्री खतिवडाले अब वित्तीय क्षेत्रले बजारको नेतृत्त्व लिने परम्परा तोडिनुपर्ने बताएका छन। 

‘बजार विस्तारित र वास्तविक बनाउने हो भने रियल सेक्टर, डिबेन्चर, गर्भरमेन्ट बन्ड लगायतका क्षेत्रपनि दोस्रो बजारमा सक्रिय हुन आवश्यक छ' अर्थमन्त्री खतिवडाले भने।

यस्तै शेयर बजार नेपाल राष्ट्र बैंकको मौद्रिक नीति र अन्य नीतिमा मात्रै निर्भर हुन नहुने उनको भनाई छ। सरकारी तथा अन्य बचतपत्र र ऋणपत्र लगायतका मौद्रिक उपकरण पनि डिम्याट हुन आवश्यक रहेको मन्त्री खतिवडाको भनाई छ। बजारलाई राष्ट्र बैंक र सरकारको पोलीशिले प्रभावित बन्न दिन नहुनेमा अर्थमन्त्री खतिवडाले जोड दिए। 

...

Read More
  • MBL - below news