काठमाडौं : नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले उत्पादनमूलक क्षेत्रका कम्पनीहरुलाई पुँजी बजारमा भित्र्याउन अझै पनि चुनौती कायमै रहेको बताएका छन् । रियल सेक्टरलाई पुँजी बजारमा ल्याउन सरकारले विभिन्न सहुलियत दिएको छ । यद्दपि, अझै पनि अपेक्षा अनुसार यस क्षेत्रका कम्पनी सेयर बजारमा आउन चाहिरहेका छैनन् ।
गत वर्ष शिवम् सिमेन्ट्सले सर्वसाधारणमा सेयर जारी गरेको छ । यद्दपि, अन्य कम्पनीहरुले अपेक्षा अनुसार आएका छैनन् । एसिया प्यासिफिक सेन्ट्रल सेक्युरिटिज डिपोजिटरी ग्रुप (एसीजी) को २३ औं वार्षिक साधारण सभामा मंगलबार अध्यक्ष कार्कीले पुँजी बजारमा नयाँ कम्पनी भित्र्याउन तथा यसको थप विकास गर्न प्रविधिमा सुधार आवश्यक भएको बताए ।







