कालिकोटका विद्यार्थीलाई मुक्तिनाथ विकास बैंकको छात्रवृत्ति


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
कालिकोटका विद्यार्थीलाई मुक्तिनाथ विकास बैंकको छात्रवृत्ति

काठमाडौं– मुक्तिनाथ विकास बैंक लिमिटेडले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कालिकोटको कालिकोट सामुदायिक विद्यालयको विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । 

बैंकले विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्न समावेशीताको आधारमा गरीव, अपाङ्ग, द्वन्द्वपीडित, दलित, महिला र आदिवासीलाई एसईई पास भई काठमाडांैंमा अध्ययन गर्न इच्छुक ६ जना विद्यार्थीहरुलाई छात्रवृत्तिको लागी ३ लाख वित्तीय सहयोग स्वरुप चेक प्रदान गरेको हो । 

उक्त चेक मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल गुरुङ्गले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटका अध्यक्ष टेक राज शाहीलाई हस्तान्तरण गरे ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad