शेयर बजारमा ओरालो लाग्ने क्रम रोकिएको छैन। आइतबार १२ अंक बढीले घटेको नेप्से सोमबार पनि करिब १० अंकले घटेर करिब ५ महिना अघिको लयमा फर्किएको हो। करिब ५ महिना अघि चैत २१ गते नेप्से सूचक सोमबार कै हराहारीमा थियो। अप्रिल ३ मा नेप्से सूचक ११६५.८४ बिन्दुमा रहेको थियो।
भदौ २३ गते सोमबार नेप्से ९.५४ अंकले ओरालो लाग्दा ११६८.९१ बिन्दुमा झरेको छ। यस दिन १७३ कम्पनीका १४ लाख २८ हजार ८३८ कित्ता शेयर किनबेच भएर २९ करोड ९२ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भयो। यो आइतबारको तुलनामा ६१ लाख रुपैयाँले कम हो । आइतबार ३० करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।
कारोबारमा आएका ११३ कम्पनीको शेयरमूल्य अवमूल्यन भएको छ भने २८ कम्पनीको मात्र शेयरमूल्य सुधार भएको छ। कारोबारमा आएका १२ उपसमूहका सूचक मध्ये उत्पादन तथा प्रशोधन उपसमुहको सूचक बाहेक सबै ऋणात्मक देखिएका छन् ।







