नेपाल पुनर्बीमा कम्पनीले १.६० अर्बको आईपीओ निष्कासन प्रक्रिया अघि बढायो


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल पुनर्बीमा कम्पनीले १.६० अर्बको आईपीओ निष्कासन प्रक्रिया अघि बढायो

काठमाण्डौ । वार्षिक साधारणसभाबाट पारित भएको आईपीओ निष्कासनको प्रक्रिया साढे २ महिनाभन्दा बढी समयपछि नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले अगाडि बढाएको छ ।

गत जेठ अन्तिममा सम्पन्न कम्पनीको चौथो वार्षिक साधारणसभाले आईपीओ निष्काशनको प्रस्ताव पारित गरेको थियो । कम्पनीले १ अर्ब ६० करोड रुपैयाँको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको हो ।

कम्पनीले आईपीओ निष्काशनको लागि हिजो आइतबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति माग गरेको हो । कम्पनीले रु. १०० अंकित दरका १ करोड ६० लाख कित्ता आईपीओ निष्कासन अनुमति मागेको छ । सेबोनबाट अनुमति पाएपछि कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्नेछ ।

Read More
  • MBL - below news