साइबर आक्रमण : छैन ठगीको सूचना प्रणाली


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
साइबर आक्रमण : छैन ठगीको सूचना प्रणाली

पाली बैंक तथा वित्तीय संस्थासँग साइबर आक्रमणबाट हुने ठगिको सूचना दिने प्रणाली नभएको विज्ञहरूले बताएका छन्। यसले गर्दा यस्ता साइबर हमलाको जोखिम बढ्दै गएको उनीहरू बताउँछन्।

स्मार्ट चोइस टेक्नोलोजी (एससीटी) का वरिष्ठ प्रबन्धक दिपेश मास्के भन्छन्, ‘विदेशतिर निकै प्रयोग हुने ठगी व्यवस्थापन प्रणाली हामीसँग भइदिएको भए एटीएम चोरीको जानकारी प्रणीले नै दिन्थ्यो। तर, त्यसो नहुँदा हामी सुरक्षा गार्डमा भर पर्नुपरेको छ।’ नेपालमा १० वाणिज्य बैंक, ६ विकास बैंक, ११ वित्त कम्पनी र पाँच दर्जन सहकारीसंस्थालाई डेबीटकार्ड सेवा दिइरहेको एससीटीका प्रबन्धकले हालैमात्र राष्ट्र बैंकले चालेको कदमको भने आलोचना गरेका छन्।

एटीएम मेसिनबाट पैसा झिक्ने सीमा घटाउने राष्ट्र बैंकको निर्णयले सर्वसाधारणलाई असुविधा दिनेभन्दा बढी केही काम नगर्ने बताए। ‘कति पैसा दिने भन्ने स्विच सर्भरले निर्धारण गर्छ तर अहिलेको घटनामा स्विच सर्भरसम्म कारोबारको जानकारी नै पुगेको छैन। यस्तो अवस्थामा पैसा कति झिक्न पाउने भन्ने विषयले खासै अर्थ राख्दैन’, उनले भन। बरु राष्ट्र बैंकले नेपाली नेटवर्कभित्र हुने कारोबारको विवरण नेपालबाहिर जान नदिने नियम ल्यायउनुपर्ने उनी बताउँछन्। अहिले बैंकको कारोबारको विवरण नेपाल बाहिर रहेको भिसाको सर्भरमा ‘राउट’ हुने व्यवस्था छ। यसले गर्दा भिसा र नेप्सको स्विचको बीचमा नक्कली स्वीकृति (प्रोक्सी अथोराइजेसन) गरेर साइबर हमला भएको उनी बताउँछन्।

...

Read More
  • MBL - below news
  • EBL Ad news