दोहोरो अंकले घटेको नेप्से ११७८.४६ विन्दुमा, ३० करोडको कारोबार, आँधीखोला लघुवित्तको शेयरमूल्य बढेर सर्किट


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
दोहोरो अंकले घटेको नेप्से ११७८.४६ विन्दुमा, ३० करोडको कारोबार, आँधीखोला लघुवित्तको शेयरमूल्य बढेर सर्किट

भदौ २२, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक १२ दशमलव ६१ अंक घटेर १ हजार १७८ दशमलव ४६ विन्दुमा आइपुगेको छ । यस दिन १ हजार १९२ दशमलव शून्य ७ विन्दुबाट शुरु भएको परिसूचक कारोबारको शुरुदेखि नै ओरालो लागेको थियो । दिनभरको कारोबार अवधिमा निरन्तर ओरालो लागेको बजार गत कारोबार दिनको परिसूचकको तुलनामा १ दशमलव शून्य ६ प्रतिशत घटेर बजार बन्द भएको छ ।

यस दिन कारोबारमा आएका ११ समूहमा सबै समूहको परिसूचक घटेका छन् । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा बढी २ दशमलव २१ प्रतिशत घटेर बन्द भएको छ । यस्तै, जीवन बीमा, जलविद्युत, ‘अन्य’ र बैंकिङ समूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेका छन् भने विकास बैंक समूहको परिसूचक १ प्रतिशत घटेको छ । त्यसैगरी, बाँकी रहेका समूहहरुमा होटल, वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फन्ड समूहहरुको परिसूचक १ प्रतिशतभन्दा कमले घटेका छन् ।

आइतवारको कारोबार

...

Read More
  • MBL - below news