अर्थमन्त्री डा युबराज खतिवडाले अर्थतन्त्रका सबैसूचक सकारात्मक हुँदा सेयरबजार पनि सकारात्मक बाटोतर्फ लाग्नुको विकल्प नभएको आशयको अभिव्यक्ति व्यक्त गरेका छन। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को दशौँ बार्षिकोत्सव तथा साधारण सभाको अतिथिको रुपमा बोल्ने क्रममा खतिवडाले सेयरबजारसंग सम्बन्धित धेरै बिषय सकारात्मक रहेकाले बजार अब अघि बढ्नुको विकल्प नभएको बताएका हुन।
'बैंकहरुको मुनाफा बढेको छ, नयाँ बीमा कम्पनीले समेत मुनाफा नै गरेका छन, उद्योग व्यवसाय पनि बिस्तार भएको छ, सेयर बजारसंग सम्बन्धित कर, भ्याट को बिषय नै समाधान भईसकेका छन, अब पुँजीगत लाभकरको बिषय पनि सेबोन र नेप्सेले समधान गर्नुपर्छ' ' अर्थमन्त्री खतिवडाले भने।
सेयरबजारसंग सम्बन्धित अधिकांश नीतिगत व्यवस्था समाधान गरिसकेको बताउदै अर्थमन्त्री खतिवडाले भने, 'घोडालाई पानीमा लग्देको छु, पानि पिउने पिलाउने काम घोडाको हो, मलाई लाग्छ, घोडा सक्षम छ, घोडा तिर्खाएको छ, पानि पिउँछ पनि'।
सेयर लगानीकर्ताका नेता, ब्रोकर संघका अध्यक्ष उपस्थित कार्यक्रममा अर्थमन्त्री खतिवडाले लगानीकर्तालाई शेयर बजारको चिन्ता भएपनि आफुलाई अर्थतन्त्रको बारेमा सोच्नु पर्ने बताए। उनले भने, 'अर्थमन्त्रीलाई आर्थिक वृद्धि नै माथि उठाउन सकिदैन भन्ने कि चिन्ता रहिरहन्छ, अलि ठुलो चिन्ता बोकेर हिड्न पर्छ, त्यसैले तपाईसंग छलफल र सम्बाद समय हुदैन'।






