शेयर बजार घट्दा नयाँ लगानीकर्तालाई फाइदा


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
शेयर बजार घट्दा नयाँ लगानीकर्तालाई फाइदा

पछिल्लो समय लगातार शेयर बजार ओरालो लागिरको छ। शेयर अंकसँगै कारोबार पनि घटेको छ। त्यसैले पनि पुराना लगानीकर्ताहरुमा उत्साह देखिदैन।

गत हप्ताभरिमा शेयर बजार ५ अंकले घट्दा १ करोड ९४ लाखको कारोबार भयो। यसअघिको हप्ता पनि शेयर बजारमा उल्लेख्य वृद्धि भएको छैन।

बजार घटेर निरास भएका लगानीकर्ताहरु नयाँ लगानीकर्ताको लागि भने राम्रो अवसर रहेको बताउँछन् ।

पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल अहिलेको समय नयाँ लगानीकर्ताको लागि उत्तम समय भएको बताउँछिन् ।

‘तीन वर्ष अघि किनेको शेयर अहिलेको अवस्थामा घाटा खाएर बेच्न सकिंदैन, किनकी अहिले शेयर मूल्य अत्यन्त न्यून रहेको सबैलाई थाहा छ,’ उनले भनिन्, ‘शेयर बजार सधैभरि घटिरहने होइन, यो बढ्छ पनि अहिले न्यून मुल्य भएको अवस्थामा किन्न सके भविष्यमा त्यसको प्रतिफल निकै राम्रो हुन्छ।’

Read More
  • MBL - below news