जानकी फाइनान्सले दिने भयो २२% बोनस, कर तिर्न नगद पनि


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
जानकी फाइनान्सले दिने भयो २२% बोनस, कर तिर्न नगद पनि

काठमाडौं : जानकी फाइनान्सले २२% बोनस सेयर दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट उक्त बोनस सेयर दिने निर्णय गरेको हो । यस्तै, जानकीले बोनसमा लाग्ने कर तिर्न १.१६% नगद लाभांश पनि दिनेछ ।

प्रस्तावित बोनस तथा नगद लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । जानकीको हाल चुक्ता पुँजी ४९ करोड २१ लाख ४० हजार रुपैयाँ रहेको छ । २२% बोनस वितरणपछि पुँजी ६० करोड ४ लाख १० हजार रुपैयाँ पुग्नेछ ।

Read More
  • MBL - below news