नेप्सेको इन्डेक्स गणनामा हदैसम्म लापरवाही, यसरी हुँदैछ खेलबाड


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेको इन्डेक्स गणनामा हदैसम्म लापरवाही, यसरी हुँदैछ खेलबाड

काठमाडौं : सेयर बजारमा निकै महत्वपूर्ण मानिएको सेन्सेटिभ इन्डेक्स गणनामा चरम लापरवाही भइरहेको छ । तोकिएका निश्चित मापदण्ड पूरा गरी ‘क’ वर्गमा परेका कम्पनीहरुको करोबारलाई आधार मानेर सेन्सेटिभ इन्डेक्स (सूचक) गणना गरिने प्रावधान छ । अनि, यस्तो वर्गीकरण गर्नका लागि प्रत्येक वर्ष माघ महिनामा क वर्गमा पर्ने सूचीकृत कम्पनीहरुको नाम सार्वजनिक गरिन्छ । तर, गएको माघ (२०७५साल) मा क वर्गका कम्पनीहरुको नामावली नै सार्वजनिक गरिएन ।

नयाँ वर्गीकरणमा परेका कम्पनीहरुको नाम सार्वजनिक नगरिएपछि अघिल्लो वर्ष (२०७४) कै वर्गीकरणमा परेका कम्पनीहरुको आधारमा अहिले पनि सेन्सेटिभ परिसूचक गणना भइरहेको छ । यसलाई चरम लापरवाहीको नमुना मान्न सकिन्छ । सूचकलाई आधार मानेर लगानी गर्नेको अवस्था के हुन्छ ? भन्ने अर्को प्रश्न पनि यसले उब्जाइदिएको छ । त्यतिमात्र होइन, नेप्सेको परिसूचक, उपसूचक, बजार पुँजीकरण लगायतका महत्वपूर्ण औजारहरु कत्तिको विश्वसनीय र भरपर्दा छन् भन्ने गहन प्रश्न पनि यहाँ खडा भएको छ । 

नेप्से परिसूचकले समग्र बजारको प्रतिनिधित्व गर्ने विश्वास आम लगानीकर्तामा रहँदै आएको छ । अधिकांशले नेप्से परिसूचकलाई आधार मानेरै लगानी निर्णय गर्छन् । यसर्थ, अनुभवी लगानीकर्ताले नेप्से सूचक र उपसूचकहरु भन्दा पनि कम्पनीलाई अध्ययन गरेर लगानी गर्न सुझाव दिने गरेको प्रसंग पनि यहाँ मननीय हुने देखिएको छ । 

Read More
  • MBL - below news