ब्रोकरमार्फत मार्जिन कारोबार गर्ने बाटो खुल्यो


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ब्रोकरमार्फत मार्जिन कारोबार गर्ने बाटो खुल्यो

नेपाल धितोपत्र बोर्डले ब्रोकरमार्फत हुने मार्जिन कारोबार गर्ने बाटो खोलिदिएको छ । बोर्डले बिहीबार निर्देशन जारी गर्दै मार्जिन कारोबार गर्न मिल्ने केन्द्रीय निक्षेप सेवा विनियमावलीको पाँचौं संशोधनलाई स्वीकृति दिएपछि ब्रोकरमार्फत हुने मार्जिन कारोबार गर्ने बाटो खुलेको हो । मार्जिन कारोवार सुविधा सञ्चालनमा आइ धितोपत्र बजारको दायरा बृद्धि हुने तथा कारोवारमा समेत विस्तार भइ धितोपत्र बजार थप चलायमान हुने बोर्डले जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ ।
मार्जिन कारोबार सुविधा सञ्चालनका लागि मार्जिन कारोबारको राफसाफ सम्वन्धी व्यवस्था गर्न छुट्टै हितग्राही खाता आवश्यक पर्ने तर विद्यमान धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ मा उक्त हितग्राही खाता संचालन सम्वन्धमा कुनै व्यवस्था नभएको सम्बन्धमा सीडीएस एण्ड क्लियरिङ लिमिटेडबाट धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ मा आवश्यक संशोधन प्रस्ताव सहित वोर्डमा स्वीकृतिका लागि पेश गरेकोमा वजारको विद्यमान अवस्थालाई दृष्टिगत गरी मार्जिन कारोवार अविलम्ब सञ्चालन गर्न आवश्यक देखिएकोले प्रस्ताव भए बमोजिम बोर्डबाट धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ को पाँचौ संशोधन (२०७६) लाई स्वीकृति प्रदान गरिएको छ, बोर्डको प्रेस विज्ञप्तिमा लेखिएको छ ।

Read More
  • MBL - below news