शेयर किन्ने पैसा छैन? अब ब्रोकरलेनै दिनेछन् शेयर किन्न ऋण


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
शेयर किन्ने पैसा छैन? अब ब्रोकरलेनै दिनेछन् शेयर किन्न ऋण

अब शेयर किन्न इच्छुक लगानीकर्ताले पैसा अभावमा शेयर किन्नबाट बन्चित हुनु पर्दैन।

धितोपत्र बोर्डबाट केन्द्रीय निक्षेप सेवा विनियमावली २०६८ को पाँचौं संशोधन स्वीकृत भएसँगै धितोपत्र सदस्य दलाल व्यवसायी (ब्रोकर) बाट ऋण लिएर शेयरमा लगानी गर्न पाइने भएको छ।

यसलाई मार्जिन कारोबार भनिन्छ।

धितोपत्र बोर्डले बिहीबारदेखि विभिन्न योग्यता पुगेका ब्रोकर कम्पनीलाई यो सुविधा दिएको छ।

अब शेयर लगानीकर्ताले ब्रोकर मार्फत शेयर कारोबारको लागि ऋण लिन सक्नेछन्। तर, यस्तो कारोबारको लागि छुट्टै खाता खोल्नुपर्ने हुन्छ।

यो सुविधा सबै ब्रोकरबाट उपलब्ध हुँदैन। मार्जिन कारोबार सम्बन्धी कार्यविधी, २०७५ मा ब्रोकरको योग्यताको विषयमा प्रष्ट पारेको छ।

ब्रोकरको कम्तिमा १० हजार शेयरधनी भएको, कम्पनीको खुद सम्पत्ति चुक्ता पुँजी भन्दा कम नरहेको ब्रोकरले मात्रै ऋण दिन पाउने छन्।

यस्तै, पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा दस प्रतिशत लाभांश वितरण गरेको, दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तिमा ८० प्रतिशत कारोबार दिनमा सेयर कारोबार भएको , आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारण सभा सम्पन्न गरेको हुनुपर्ने छ।

Read More
  • MBL - below news