साताको अन्तिम कारोबार दिन ३.७० अंक घट्यो नेप्से, २९ करोडको कारोबार


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
साताको अन्तिम कारोबार दिन ३.७० अंक घट्यो नेप्से, २९ करोडको कारोबार

भदौ १९, काठमाडौं । बिहीवार नेप्से परिसूचक घटेर बन्द भएको छ । लगातार दुई दिन बढेको बजार यस साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ३ दशमलव ७० अंक घटेर १ हजार १९१ दशमलव शून्य ७ विन्दुमा आइपुगेको छ । यस दिन १ हजार १९५ दशमलव ८९ विन्दुबाट शुरु भएको परिसूचक कारोबारको दोस्रो घण्टाको अवधिसम्ममा घटेको थियो । सो पश्चात आधा घण्टाको समयसम्म उकालो लागेको बजार यस दिनकै उच्च विन्दु १ हजार १९६ दशमलव ९३ विन्दुसम्म पुगेको पछि पुनः ओरालो लागेको हो ।

यस दिन कारोबारमा आएका ११ समूहमध्ये निर्जीवन बिमा र म्युचुअल फन्ड समूह बाहेक बाँकी सबै समूहको परिसूचक घटेर बन्द हुँदा समग्र नेप्से परिसूचक शून्य दशमलव ३१ प्रतिशत घट्न पुगेको छ । होटल समूहको परिसूचक सर्वाधिक १ दशमलव ८१ प्रतिशत घटेको छ भने बैंकिङ, विकास बैंक, जलविद्युत, वित्त, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा समूहको परिसूचक १ प्रतिशतभन्दा कमले घटेका छन् । यस्तै निर्जीवन बीमा समूह र म्युचुअल फन्ड समूहको परिसूचक १ प्रतिशतभन्दा कमले बढेका छन् ।

बिहीवारको कारोबार
बिहीवार रू. २९ करोड १ लाख बराबरको शेयर कारोबार भएको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा ३३ दशमलव ५१ प्रतिशत घटेको हो । गत कारोबार दिन बुधवार रू. ४३ करोड ६४ लाख रकम बराबरको कारोबार भएको थियो । सेन्सेटिभ इन्डेक्स भने यस दिन शून्य दशमलव ९६ अंक घटेर २५९ दशमलव ९० विन्दुमा बन्द भएको छ ।

Read More
  • MBL - below news