अब सिटीएक्सप्रेस कनेक्ट आईपिएसमा आवद्घ


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
अब सिटीएक्सप्रेस कनेक्ट आईपिएसमा आवद्घ

सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउस बिच अब अन्तर बैंक भुक्तानी प्रणाली सेवा सुरु भएको छ । उक्त भुक्तानी प्रणाली सेवा नेपाल क्लियरिङ्ग हाउस को कनेक्ट आईपिएस मार्पmत ८० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरुबाट हुनेछ । सो सेवा अन्तर्गत अब सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट रेमिटान्स कारोबारहरु Connect IPS e-Payment मार्फत real-time र NCHL-IPS मार्फत तोकिएको सीमामा उक्त कारोबारहरु भुक्तानी गर्न सकिन्छ । यस अनुरुप अब बैंक भुक्तानी कार्यहरु धेरै सहज र सरल हुने बिश्वास गरिएको छ । उक्त सम्झौतापत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र सिटि एक्सप्रेस मनी ट्रान्सफरका तर्फबाट प्रबन्धनिर्देशक चन्द्र टण्डनले हस्ताक्षर गर्नु भएको छ । सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news