युनिलिभरद्वारा प्रतिकित्ता रु.७७० नगद लाभांश वितरण गर्ने प्रस्ताव


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
युनिलिभरद्वारा प्रतिकित्ता रु.७७० नगद लाभांश वितरण गर्ने प्रस्ताव

काठमाण्डौ । बहुर्राष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि आफ्ना सेयरधनीहरुलाई प्रतिकित्ता ७७० रुपैयाँका दरले नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले नगद लाभांशको प्रस्ताव गरेको हो । प्रास्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ ।

यो कम्पनी नेप्सेमा सूचीकृत सबैभन्दा महँगो सेयर भाउ भएको कम्पनी हो । कम्पनीको अहिले प्रतिकित्ता सेयरमूल्य १९ हजार ५०० रुपैयाँ हाराहारीमा छ। 

Read More
  • MBL - below news