एक वर्षको सेयर बजार : नेप्से र पुँजीकरण दुवैमा सुधार


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एक वर्षको सेयर बजार : नेप्से र पुँजीकरण दुवैमा सुधार

१९ भदौ, काठमाडौं । पछिल्ला समय नेपालको सेयर बजारले निकै उतारचढाव झेलिरहेको छ । बजार कतिबेला उकालो लाग्छ र कतिबेला ओरालो झर्छ भन्ने आँकलन सेयर पण्डितहरुले गर्न सकिरहेका छैनन् ।

यो साता आइतबार र सोमबार दोहोरो अंकले घटेको बजारमा मंगलबार भने एकाएक उछाल आयो । मंगलबार २० अंकभन्दा माथिको सुधार आएकोमा बुधबार पनि ३ अंकले बढ्यो । आर्थिक वर्ष ०७६/७७ को बजेट भाषणपछि धेरैजसो दिनहरुमा नेप्से ओरालो दिशामै थियो । 

एक वर्षयताको बजार विश्लेषण गर्दाचाहिँ राम्रै सुधार देखिएको छ । आर्थिक वर्ष २०७४/७५ मा सेयर कारोबार मापक नेप्से परिसूचकसँगै बजार पुँजीकरणमा समेत ह्रास आएको थियो । तर आर्थिक वर्ष २०७५/७६ मा भने नेप्से र पुँजीकरण दुवै बढेका छन् ।

एक वर्षको अवधिमा नेप्से परिसूचक ३.८ अंकले बढेको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार २०७५ असार मसान्तमा १२१२.४ विन्दुमा रहेको नेप्से सूचकांक ३.८ प्रतिशतले वृद्धि भइ २०७६ असार मसान्तमा १२५९.० विन्दु कायम भएको छ । यस अवधिमा पुँजीकरणमा पनि राम्रै सुधार भएको छ । एक वर्षको अवधिमा बजार पुँजीकरण १ खर्ब ३२ अर्ब रुपैयाँले बढेको छ ।

धितोपत्र बजार पुँजीकरण ९.२ प्रतिशतले वृद्धि भइ २०७६ असार मसान्तमा १५ खर्ब ६७ अर्ब ५० करोड कायम भएको राष्ट्र बैंकले बताएको छ । बजार पुँजीकरण वाषिर्क विन्दुगत आधारमा २०७५ असार मसान्तमा २२.७ प्रतिशतले ह्रास भएको थियो ।

Read More
  • MBL - below news