मार्जिन कारोबारको गाँठो फुक्यो, लगानीकर्ताले अब ब्रोकरबाटै ऋण पाउने


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मार्जिन कारोबारको गाँठो फुक्यो, लगानीकर्ताले अब ब्रोकरबाटै ऋण पाउने
 

शेयर लगानीकर्ताले धितोपत्र सदस्य दलाल ब्यबसायी (ब्रोकर) मार्फत मार्जिन कारोबार गर्न पाउने बाटो खुला भएको छ। धितोपत्र बोर्डबाट केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ को पाँचौ संशोधन (२०७६) स्वीकृत भएसँगै लामो समयदेखि प्रतिक्षारत मार्जिन काराबारको गाँठो फुकेको हो।

यससँगै अब शेयर लगानीकर्ताले सिधै ब्रोकर मार्फत शेयर कारोबारका लागि ऋण प्राप्त गर्न सक्नेछन्। मार्जिन कारोबार सुविधा सञ्चालनका लागि मार्जिन कारोबारको राफसाफ सम्वन्धी व्यवस्था गर्न छुट्टै हितग्राही खाता आवश्यक पर्ने हुन्छ।

हितग्राही खाता सञ्चालन सम्बन्धि कुनै व्यवस्था विद्यमान धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ मा नहुँदा मार्जिन कारोबार उपलब्ध गराउन नेप्सेबाट अनुमति पाएका एक दर्जन ब्रोकर कम्पनीले मार्जिन सुविधा उपलब्ध गराउन सकेका थिएनन्। 

Read More
  • MBL - below news